शनिबार, वैशाख १३, २०८२

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नेपालखोज २०८१ चैत ९ गते १७:२८

नुवाकोट । शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्र समेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित सडकमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को.३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा.५ ख ३७०२ नम्बरको बसले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ । बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित सडकमा जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ख ३४४१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–१ सिनुरजोडा बस्ने ७० वर्षीय रबिन्द्र मण्डलको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेली टोलस्थित सडकमा म.१ त १०२० नम्बरको ट्याक्टरमा सु.प.प्र. ०२–००३ प ६७३२ नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका–११ भुजेला बस्ने ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया