शुक्रबार, वैशाख १२, २०८२

सबै सुचक राताम्मे, छ अर्ब ३२ करोडको शेयर किनबेच

पहिलो दिन नैं ५३ अंकले घट्यो नेप्से,

नेपालखोज २०८१ चैत ९ गते १५:३१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ५३ दशमलव शून्य चार अंकले घटेर २६ सय १६ दशमलव २६ अंकमा झरेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव शून्य आठ अंकले घटेर चार सय ३९ दशमलव ६२ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरूको ७२ हजार दुई सय ६५ पटकको कारोबारमा एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३२ करोड एक लाख ४१ हजार तीन सय ६५ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा सबै समूहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक २० अंकले घटेर १३ सय ३९ दशमलव ५२ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ३६ दशमलव ४९ अंकले घटेर पाँच हजार चार सय ९६ दशमलव ३३ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ७६ दशमलव ६० अंकले घटेर २४ सय ८० दशमलव ६१ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ८२ दशमलव ७३ अंकले घटेर तीन हजार चार सय ६३ दशमलव ८७ अंकमा झरेको छ । 

जीवन बीमा समुहको सुचक पनि दुई सय ४७ दशमलव शुन्य दुई अंकले घटेर १३ हजार ७१ दशमलव ४२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५८ दशमलव ११ अंकले घटेर १२ हजार एक सय ७२ दशमलव ५८ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ४६ दशमलव १९, दुई दशमलव १९, एक सय पाँच दशमलव ५८, एक सय १६ दशमलव शुन्य आठ, शुन्य दशमलव १२, ४१ दशमलव ८० र एक सय १८ दशमलव ९५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिथिला लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योेरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया