टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीको संलग्नता र प्रतियोगिताका हाइलाइटमार्फत फ्यानलाई कार्यक्रमको अझै नजिक ल्याइनेछ ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्ट बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ ।
टिकटक पछिल्ला केही वर्षमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियो साझेदारी गरिने प्लेटफर्मले मानिसलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्ट छलफल गर्ने ठाउँ दिन्छ ।
यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानले खेलका हाइलाइट, खेलाडीसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ। नेपालका फुटबल फ्यानले र ३ल्भउबक्गिउभचीभबनगभ ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षण सँगै सेलिब्रेट गर्न सक्नेछन् । साथै, ३ऋभभिदचबतभँययतदबि ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्ट प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ । यसबाहेकक फुटवल फ्यानलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेस पनि प्रदान गर्नेछ ।
फ्यानलाई एकताबद्ध गर्ने, नेपालको सबैभन्दा ठूलो फुटबल लिगको उत्साह बढाउने र फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो ।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं । “टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ । यसले अविश्वसनीय र अनौठा खेलकुद कन्टेन्टलाई बढावा दिन्छ र क्रियटरलाई खेलकुदका केही उत्कृष्ट क्षणलाई फेरि जीवन्त बनाउन र रिमिक्स गर्न सजिलो बनाउँछ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दै हाम्रो नेपाली समुदायलाई नेपालको सबैभन्दा लोकप्रिय खेलकुद ईभेन्टसँग क्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू प्रदान गर्नेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलको लागि पनि फ्यानडमको घर बनाउने छौं ।’
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, ‘एनएसएल सधैंभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुनः परिभाषित गर्ने प्रयास गर्दछ । यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीसँग पहिलो पटक नजिक ल्याउनेछ। फुटबल केवल खेल मात्र होइन, यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो । यहाँ हामी एनएसएल प्रेमीलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौं ।’
प्रतिक्रिया