सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ चैत १० गते ११:३०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया