पाँचौं एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगीता २०८१ सम्पन्न

नेपालखोज २०८१ चैत १० गते १२:१९

काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत २९ बर्षदेखि उच्चगुणस्तरीय सेवा पुर्याउदै आएको नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपाली समाजमा अझै पनि बीमा वारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचार प्रसारको साथै स्वस्थ दिमागको लागि स्वस्थ शरीर आवश्यक भएको र स्वस्थ शरीरको लागि खेलकुद अपरिहार्य भएकोले यहि चैत्र ९ गते शनिवारका दिन धन्यन्तरी फूटसल, हांडीगाउँमा मैत्रीपूर्ण मनोरन्जनात्मक ‘पाँचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगीता २०८१’ सफलता पूर्वक सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंक र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा ग्लोबल आइमइ बैंक टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक टिमले द्वितीय प्राप्त गर्न सफल भएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत गरेको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङबाट संयुक्त रूपमा भएको थियो ।

कार्यक्रम समापनको अवसरमा बिजयी टिम तथा खेलाडीलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिवार दिनभर संचालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरन्जनात्मक रहेको थियो ।

प्रतिक्रिया