राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा उनले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा राखे ।
मन्त्री पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहेको पनि हरेक वर्ष एक हजार पाँच सयभन्दा बढी विदेशीने समस्या रहेको सुनाए । उनले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
न्याम्सका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पु¥याएको प्रशंसा गरे । उनले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताए ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताए ।
समारोहमा २०८० असाररसाउनदेखि २०८१ वैशाखरजेठसम्ममा स्नातकोत्तर तह डिएम, एमडी, एमएस, एमडिएस, एमएन तथा स्नातक तह बिएनएस (क्रिटिकल केयर नर्सिङ), बिएमएस (मिडवाइफ्री साइनसेज), बिएससी एमआइटी र ब्याचलर अफ अप्टोमेट्री र भिजन साइन्समा उत्तीर्ण भएका दुई सयभन्दा बढी विद्यार्थीलाई दीक्षित गरिएको हो ।

प्रतिक्रिया