४० अंकले बढ्दा चार अर्ब २० करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ५८ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ४० दशमलव ४७ अंकले बढेर २६ सय २३ दशमलव २१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १५ अंकले बढेर चार सय ४१ दशमलव १२ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ४८ हजार सात सय ८५ पटकको कारोबारमा ९१ लाख ४२ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २० करोड ४४ लाख आठ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव सात अंकले बढेर १३ सय ४४ दशमलव ८८ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ६८ दशमलव ७५ अंकले बढेर पाँच हजार चार सय ४५ दशमलव १२ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ४६ दशमलव ६२ अंकले बढेर २५ सय २४ दशमलव ६७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव १२ अंकले बढेर ३४ सय ३६ दशमलव २४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७८ अंकले बढेर १३ हजार दुई सय ३१ दशमलव ७५ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १३ दशमलव ७७ अंकले बढेर १२ हजार एक सय ५४ दशमलव ५६ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय १३ दशमलव ८४, एक दशमलव ७२, ६९ दशमलव ६१, ६७ दशमलव ७२, शुन्य दशमलव १८, ५३ दशमलव १५ र २० दशमलव शुन्य तीन अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया