शनिबार, वैशाख १३, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ चैत १२ गते १७:२०

लमजुङ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेसीशहर नगरपालिका–१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं महानगरपालिका–२३ झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनिलकर समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ७ सय ५ रूपैयाँ सहित पक्राउ गरेको हो ।

सुनसरीको दुहबी नगरपालिका–२ तुथाहा बस्ने बिरेन्द्र खाँ को घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल चौधरी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ललितपुरमा एक व्यक्ति मृत अवस्थामा फेला

ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित सडक छेउमा भारत घर भएका अन्दाजी ५६ वर्षीय हरि नुनिया बुधबार मृत अवस्थमा फेला परेका छन् ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–५ जङगारे भिरस्थित ब्रम्मायणी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या संलग्न फरार व्यक्ति पक्राउ

हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका–६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका–३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका–२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।

प्रतिक्रिया