लागूऔषधसहित दुई जना पक्राउ
नेपालखोज
२०८१ चैत १३ गते ११:३५

काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय राजकुमार राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ मनेहराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राजकुमार रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया