सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनले बिहीबार काठमाडौंमा आयोजना गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग यसअघि सफल हुन नसकेको भन्दै अव समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै लाग्नुपर्नेमा समेत जोड दिए ।
उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने उल्लेख गरे । उहाले विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको जानकारी गराए ।
अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज लाग्ने स्थिति भएका कारण गम्भीर हुनुपर्ने उहाले बताए । जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुराहरु गरिरहन आवश्यक नरहेको भन्दै उहाले यस्ता कुराहरुले पीडितलाई झन् पीडित बनाउने तर्क गरे ।

प्रतिक्रिया