सर्वोच्चमा दर्ता भयाे कुलमानको रिट, शुक्रबार पेशी

नेपालखोज २०८१ चैत १३ गते १४:४६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । कुलमानकाे रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया