शनिबार, वैशाख १३, २०८२

सिनामंगलबाट लागूऔषधसहित दुई जना पक्राउ

नेपालखोज २०८१ चैत १३ गते १५:१४

काठमाडौं । सिनामंगलबाट सशस्त्र प्रहरीले करिब ७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको लामिडाँडा-७ घर भएर गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका-५ घर भएर सिनामंगल बस्ने ४५ वर्षिया लक्ष्मी परियार छन् ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई कानुनी कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिमा लगाएको छ ।

प्रतिक्रिया