पूर्वराजा ज्ञानेन्द्र गरे महानगरको जरिवानापत्र बुझ्न अस्वीकार

नेपालखोज २०८१ चैत १६ गते ११:३३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

उनले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासबाट फर्किएको छ । जरिवानाको पत्र लिएर महानगर प्रहरी बलको टोली आइतबार बिहान साढे १० बजेतिर निर्मल निवास पुगेको थियो ।

ज्ञानेन्द्र पत्र बुझ्न अस्वीकार गर्दै भित्र प्रवेश गर्न नदिएपछि टोली फर्किएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

चैत १५ गते काठमाडौँकाे तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । उनको समर्थनमा राजावादीले महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएका थिए ।

शाहको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै मेयर बालेन शाहले शनिबार जरिवानाको निर्णय गरेका थिए । शाहमा नाममा जरिवानाका ८ वटा पत्र काटिएको थियो ।

प्रतिक्रिया