लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मैतीदेवीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २-५० ग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी राजविराज नगरपालिका-४ घर भएकी ३० वर्षीया चन्नर कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट लागूऔषध गाँजा करिब २३५ किलो ६०० ग्राम सहित मकवानपुर थाहा नगरपालिका–७ डाडाँबास बस्ने २७ वर्षीय कबिराज गोलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्रदेश–०१-००६ ख ५३७१ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक कबिराजलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७१० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय तेज बहादुर विक र २७ वर्षीय हरेन्द्र सिंह बडाल रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायल महेन्द्रनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०२ ००३ प ७१५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९१० मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने २० वर्षीय आयुस पाल समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२-००३ प ७४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ सात नम्बर पिल्लरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्त र २१ वर्षीय करन पन्त रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायल महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूके ०६ बीडी ८३८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ नक्सालवाडी थाना दयाराम बस्ती घर भएका २० वर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ दुसंचार टोल बस्ने ३६ वर्षीय नगेन्द्र बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय राज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ००१९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका-१० रिजाल चोकबाट लागूऔषध गाँजा १०० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ६० ट्याब्लेट र नगद ५९ हजार ८२० रूपैयाँसहित सोही महानगरपालिका-१२ बस्ने ४१ वर्षीया सुरेश खड्कालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५१० मिलिग्राम सहित खजुरा गाउँपालिका-७ बस्ने ५२ वर्षीय मैफुज साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–४ खानेपानीस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३० वर्षीय जिवन बोगटी र २१ वर्षीय बिरेन्द्र महतरा रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको कटारी नगरपालिका–४ सौय चुनढुङगा सडकखण्डबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित सोही नगरपालिका–५ बस्ने २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आहालेबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ह ११२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक प्रेम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया