आइतबार, वैशाख १४, २०८२

१५ अंकले घट्दा पाँच अर्ब ७९ करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत १८ गते १५:२०

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १५.५७ अंकले घटेर २६ सय ७७ दशमलव ५५ अंकमा झरेको छ । क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४१ अंकले घटेर चार सय ४६.८६ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीको ५६ हजार पाँच सय ४८ वटा कम्पनीको एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सय रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा व्यापार समूहको सूचक एक सय ८४ दशमलव ५६ अंकले बढेर चार हजार चार सय ७७ दशमलव ७८ अंकमा पुगेको छ भने बाँकी समूहहरुको सूचक उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैक समूहको सूचक १० दशमलव १८ अंकले घटेर १३ सय ५७ दशमलव २९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ५१ दशमलव ७३ अंकले घटेर पाँच हजार चार सय ९४ दशमलव ५१ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ४७ दशमलव ६७ अंकले बढेर २५ सय ५८ दशमलव १३ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ३२ दशमलव ६२ अंकले घटेर तीन हजार चार सय ९१ दशमलव १० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ७६ दशमलव ४८ अंकले घटेर १३ हजार चार सय ८६ दशमलव २३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५८ दशमलव १८ अंकले घटेर १२ हजार दुई सय ९२ दशमलव ३३ अंकमा झरेको छ ।

यसैगरी होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहको सूचक क्रमशः एक सय १६ दशमलव २८, शुन्य दशमलव २८, ३० दशमलव २६, ४७ दशमलव शुन्य सात, शुन्य दशमलव शुन्य चार र ३९ दशमलव १२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया