घट्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८१ चैत १९ गते ११:०७

काठमाडौं । सुनको मुल्य प्रतितोला ६ सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा एक लाख ७९ हजार ७ सय रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित
प्रतिक्रिया