झण्डै २४ अंकले बढ्दा पाँच अर्ब ४४ करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै १७ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २३ दशमलव ८६ अंकले उकालो लागेर २७ सय दशमलव चार अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ अंकले बढेर चार सय ४७ दशमलव ७७ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको ५३ हजार आठ सय ८४ पटकको कारोबारमा एक करोड चार लाख ४२ हजार छ सय ८३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार नौं सय एक रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक एक सय तीन दशमलव ७६ अंकले घटेर सात हजार एक सय पाँच दशमलव ३९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक ३१ दशमलव ८३ अंकले घटेर १२ हजार दुई सय ७१ दशमलव २४ अंकमा पुगेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने बढेका छन् ।
जसमध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ३४ अंकले बढेर १३ सय ६५ दशमलव ६६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि २८ दशमलव ३२ अंकले बढेर पाँच हजार पाँच सय २१ दशमलव ७३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ८३ दशमलव ४४ अंकले बढेर २६ सय ४१ दशमलव २२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८५ अंकले बढेर तीन हजार पाँच सय सात दशमलव ५२ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव ४३ अंकले बढेर १३ हजार पाँच सय ४३ दशमलव ८२ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ३३ दशमलव ९०, एक दशमलव ५१, छ दशमलव शुन्य सात, शुन्य दशमलव १२, तीन दशमलव ७८ र चार सय २३ दशमलव २९ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी होल्डिङस लिमिटेड परेको छ ।
प्रतिक्रिया