शकंर पोखरेलको दवावले पत्रकार महासंघमा सल्लाहकार विवाद

काठमाडौं । नेपाल पत्रकार महासंघमा सल्लाहकारको विषय थप पेचिलो भनेको छ । कार्यकाहक अध्यक्ष बनेर महासंघको निर्वाचन गराएकी बाला अधिकारी विधान अनुसार सल्लाहकार रहने की अध्यक्ष पदबाट राजीनामा दिएर हिडेका विपुल पोखरेल सल्लाहकार बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको छ । महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष सल्लाहकार रहने व्यवस्था छ ।
बैधानिक संकट आएमा केन्द्रीय समितिको बैठकबाट विधानको ब्याख्या गरी विवाद निरुपण गर्नु पर्नेमा अध्यक्ष निर्मला शर्मासहितका केहि पदाधिकारीले पोखरेललाई जवरजस्ती सल्लाहकारको बैधता दिलाउन खोजेपछि विवाद चर्किएको हो ।
केहि दिन अघि महासंघमा भएको एउटा अनौपचारिक छलफलमा कार्यबाहक अध्यक्ष रहेका दिपक आचार्यले पोखरेललाई सल्लाहकार भनि परिचय गराएपछि अधिकारी पक्षधर आक्रोशित छन् । विधानको ब्याख्या र संस्थागत निर्णय विना नै आचार्यले पोखरेललाई सल्लाहकार भनेपछि महासंघको बहुमत केन्द्रीय सदस्य असन्तुष्ट छन् ।
महासंघका एक पदाधिकारीका अनुसार अधिकारी विधान अनुसार नै कार्यबाहक अध्यक्ष भएकी हुन । उनले महासंघ अध्यक्षको हैसियतमा प्रेस काउन्सील नेपालको बोर्ड सदस्यको सपथ गर्नुका साथै सक्रिय भुमिका निभाएकी थिइन । प्रतिनिधि सभाका सभामुख अध्यक्ष, सञ्चार मन्त्री र महासंघका अध्यक्ष सदस्य रहने सुचना आयोगको पदाधिकारी सिफारिस समितिमा पनि अधिकारीले महासंघ अध्यक्षकै हैसियतमा अधिकारीले निर्णयमा हस्ताक्षर गरेकी छिन् । त्यति मात्र होइन, महासंघको निर्वाचनका लागि मतदाता नामावलीमा अधिकारीकै हस्ताक्षर छ ।
निर्वाचन सम्पन्न गराएर पद हस्तान्तरण समेत अधिकारीले नै गराएकी हुन । त्यसैले उनी बैधानिक र व्यवहारिक रुपमा नै अध्यक्ष रहेका ती पदाधिकारीको तर्क छ । ती पदाधिकारीका अनुसार पोखरेलले राजीनामा पत्रमा आफ्नो मानसिक अवस्था समेत ठिक नभएको उल्लेख गरेका छन् ।
अधिकारीले पद हस्तान्तरण सभामा नै आफु बैधानिक रुपमा नै सल्लाहकार भएको दावी गर्दै पोखरेललाई लाज मान्न चेतावनी दिएकी थिइन ।

प्रतिक्रिया