डढेलोमा जलेर एकको मृत्यु
नेपालखोज
२०८१ चैत २० गते २१:३८

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै रहेको बोकेदह सामुदायिक लागेको डढेलो गाईगोठमा आयो कि भनेर श्रीमती र दाजुसहित गएराति उनी बारीमा जाएका थिए । बारी छेउको भिरबाट लडेर पाख्रिन बेपत्ता भएको र खोज
तलाश गर्ने क्रममा आज भोर्लाको लहरामा अड्किएको र डढेलोमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस
सम्बन्धित

प्रतिक्रिया