सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई भारतको एपोलो अस्पतालमा विशेष छुट

नेपालखोज २०८१ चैत २१ गते २१:२१

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ ।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ । ग्राहकले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. लाई जानकारी गराउनु पर्नेछ ।

बैंकको देशको सातै प्रदेशमा ३४ वटा शाखा कार्यालय तथा एक सय २६ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया