फुडमाण्डुको ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन सार्वजनिक

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् । ग्राहकले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुुुको एप मार्फत यस क्याम्पेनको विशेष अफरको फाइदा उठाउन सक्नेछन् ।
‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन मार्फत ग्राहकले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट खाना मगाउँदा ८२% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै फ्ल्यास सेल अन्तर्गत जम्मा रु. ८२ मा निश्चित खाने कुरा उपलब्ध हुनेछन् भने लोकप्रिय खानामा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरमा ʻबाई-वन-गेट-वन’ अफर समावेश गरिएको छ । यी अफरले ग्राहकलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्प प्रदान गरेको छ ।
‘फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेकोे छ । यो क्याम्पेन अन्तर्गत ग्राहकले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाईको लागि विशेष छुटमा स्वादिष्ट परिकार मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन् ।
फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरी मार्फत ग्राहकलाई उनीहरुको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य शहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । १,००० भन्दा बढी रेस्टुरेन्टको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवा सहित फुडमाण्डुुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँ वर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया