टिकटकमा सर्वाधिक रुचाईएको ‘रुन्छे न्याउली चरी’ को भिडियो सार्वजनिक
नेपालखोज
२०८१ चैत २५ गते १२:४२

काठमाडौं । गायक अनिल श्रेष्ठको नयाँ लोक दोहोरी गीत रुन्छे न्याउली चरी सार्वजनिक भएको छ ।
आफ्नै लय, शब्द र स्वर रहेको यस गीतमा अनिललाई चर्चित लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । गीतमा सङ्गीत संयोजन कृष्ण बाजुरालीले गरेका छन् भने द म्युजिक एरा रेकर्डिङ स्टुडियो अनामनगरमा गीतको रेकर्डिङ भएको हो ।
गीतमा चर्चित नायिका आयुष्मा कार्की, नायक प्रशान्त खड्का, बाल कलाकार साइना राई, हुक्का काका (मणि राई) प्रिन्स माले, अम्बर श्रेष्ठ र निर्मला श्रेष्ठले अभिनय गरेका छन ।
गीतको छायाँङ्कन खेम थापाले गरेका छन् भने राजकुमारले भिडियो निर्देशन तथा सम्पादन गरेका छन् । गीत अनिल श्रेष्ठ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
सम्बन्धित
प्रतिक्रिया