एनएमबी क्यापिटलद्धारा वित्तीय सचेतना
नेपालखोज
२०८१ चैत २५ गते १६:४६

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले वित्तीय सचेतना प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यका लागि लगानी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुती दिएका थिए ।
सहभागीलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिबारे जानकारी गराइएको थियो । कार्यक्रमपछि सहभागीबाट सोधिएका विभिन्न जिज्ञासाको सम्बोधन गरिएको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया