भगवान् कृष्णको पूजामा तुलसीको पात र किन चढाइन्छ नरिवल ?

‘बुध’ ग्रहका लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेषगरी विथाल देव ९कृष्णको अवतार० को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्छ । कुनै नयाँ काम थालनीका लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवान्को व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
यस दिन गरिने केही कर्मले जिन्दगीभरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, हामी पनि जानौं स्
१। हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिमाथि सबै देवी(देवताको कृपा हुने गर्छ ।
२। बुधबार मुँगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
३। बुधबार गणेश भगवान्लाई सिन्दूर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।
४। जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
भगवान्लाई किन चढाइन्छ नरिवल ?
शुभकार्यअघि भगवान्को मूर्तिअघि नरिवल चढाइन्छ । यो प्रथाको पछाडि भयानक अर्को प्रथा लुकेको छ । परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यका अगाडि मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालियो ।
ग्रहअनुसार देव पूजन :
१ सूर्य देवलाई प्रसन्न गर्न भगवान् विष्णुको पूजा तथा हरिवंश पुराण कथा वाचन गर्नुपर्छ ।
२ चन्द्र देवलाई प्रसन्न गर्न शिव उपासना गर्नुपर्छ ।
३ मंगल देवलाई प्रसन्न गर्न हनुमानको पूजा उपसना गर्नुपर्छ ।
४ बुध देवलाई प्रसन्न गर्न दुर्गा पूजा सप्तशती पाठ गर्नुपर्छ ।
५ बृहस्पति देवलाई प्रसन्न गर्न ब्रह्माजीको पूजा गर्नुपर्छ तथा सन्तान प्राप्ति गर्नुपर्ने भएमा हरि पूजा गर्नुपर्छ ।
६ शुक्र देवलाई प्रसन्न गर्न श्री लक्ष्मीको पूजा गर्नुपर्छ ।
७ शनि देवलाई प्रसन्न गर्न भैरव भगवान्को पूजा गर्नुपर्छ ।
८ राहु देवलाई प्रसन्न गर्न भैरव पूजा महामृत्युञ्जय मन्त्र जप गर्नुपर्छ ।
९ केतु देवलाई प्रसन्न गर्न भगवान् गणेशको पूजा(आराधना गर्नुपर्छ ।
यदि हामीले उपयुक्त नियमलाई पालना गर्न सक्यौं भने आफ्नो ग्रह दोषलाई शान्ति गरी पुण्य फलको लाभ प्राप्त गर्न सक्छौं ।
प्रतिक्रिया