‘जलवायु परिवर्तन र मानव गतिविधिका कारण वातावरणीय असर’
नेपालखोज
२०८१ चैत २६ गते ६:५५

वेलिङ्टन । न्यूजील्याण्डको पर्यावरण मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनले जलवायु परिवर्तन र मानव क्रियाकलापले वातावरणमा परेको असरलाई स्पष्ट रूपले प्रस्तुत गरेको छ ।
प्रतिवेदनले हावा, पानी, मौसम, समुद्री वातावरण र जमिनमा भएको परिवर्तनहरूको विश्लेषण गर्दै, यी परिवर्तनहरूले मानिसहरूको जीवनमा ठूलो असर परेको देखाएको छ ।
प्रतिवेदनमा जलवायु परिवर्तन र बढ्दो बाढीको जोखिम जस्ता समस्याहरूलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ । यद्यपि, प्रतिवेदनले केही सुधारका उदाहरण पनि दिइएको छ ।
यस प्रतिवेदनले हावा, पानी, जमिन र समुद्रमा मानव क्रियाकलापले ल्याएका परिवर्तनहरूको स्पष्ट चित्र प्रस्तुत गर्दै भविष्यमा यसबाट जोगिन र वातावरणीय समस्याहरूको समाधानका लागि अझ बढी कदम चाल्न आवश्यक रहेको कुरामा जोड दिएको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया