यसरी निकाल्यो, नारायणी नदिमा डुवेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले

नेपालखोज २०८१ चैत २६ गते १४:२५

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका-१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुवै जनाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने १३ वर्षिय दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुवेर बेपत्ता भएको बताईएको छ ।

उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शब ३५ फिट गहिराईबाट बिहान ११:३० बजे र दिक्षा सेर्पुञ्जाको शब ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालिएको हो ।

प्रतिक्रिया