शुक्रबार, वैशाख १२, २०८२

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट : उपाधिका लागि दाङ र रुपन्देहीको टिम भिड्ने

नेपालखोज २०८१ चैत २६ गते १७:२२

काठमाडाैं । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ को उपाधिका लागि दाङ र रुपन्देहीको टिम भिड्ने भएका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो । सेमिफाइनलका खेल अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको छ ।

कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

फाइनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहीबार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया