भागेको नभइ जोगिएको भन्दै नयाँ भिडिओमा सार्वजनिक भए दुर्गा प्रसाईं
नेपालखोज
२०८१ चैत २६ गते २१:३५

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू भागेको नभइ जोगिएको भन्दै नयाँ भिडिओमा सार्वजनिक गरेका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने भन्दै भागेको नभइ जोगिएको भन्दै नयाँ भिडिओ सार्वजनिक गरेका हुन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै प्रसाईंले भने, ‘म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’ प्रसाईंले थप भनेका छन्, ‘म रहे भने यो अभियान, जनविद्रोह सफल हुन्छ, म नै रहेन भने यो जनविद्रोह दबाएर जान्छ ।’
गत चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् । उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको भिडियोमार्फत बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया