नेपाल बार केन्द्रीय समितिका अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र विजयी
नेपालखोज
२०८१ चैत २७ गते १३:१०

काठमाडाैं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पछि पारेका छन् । मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन् ।
चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको हो ।
सम्बन्धित
प्रतिक्रिया