२०८१ माघ एक गतेदेखि खोलिएका खातावालले नेपाल फर्किएको ३५ दिनभित्र अधावधिक गर्नुपर्ने

काठमाडौं । विदेशमा बसेर नेपाली बैंकहमा खाता खोल्ने ग्राहकको लागि राष्ट्र बैंकले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीको नाउँमा परिपत्र जारी गर्दै खाता सम्वन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
राष्ट्र बैंकले परिपत्र मात्रर्फत भनेको छ, बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै वसी अनलाइन मार्फत् इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।
यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन्, । ससोधित परिपत्रमार्फत राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ ।
प्रतिक्रिया