आइतबार, वैशाख १४, २०८२

दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौं ल्याइयो

नेपालखोज २०८१ चैत २८ गते १३:००

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो छ ।

प्रसाईंलाई बुद्ध एयरको जहाजमा शुक्रबार भद्रपुरबाट काठमाडौं ल्याइएको हो ।

उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १-०१-००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो । बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ ।

तर, प्रहरीले भने उनलाई शुक्रबार नै भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । यसअघि प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो ।

प्रतिक्रिया