सरकार देश र जनताको हितमा काम गर्न केन्द्रीत छ : उपप्रधानमन्त्री सिंह
नेपालखोज
२०८१ चैत २८ गते १३:१८

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार देश र जनताको हितमा काम गर्न केन्द्रीत रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नयाँ बर्षको क्यालेन्डर बिमोचन गर्दै सिंहले सरकार जनताको जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काममा केन्द्रीत रहेको बताए । उनले नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकार बनेको उल्लेख गरे । यस बर्ष आशा गरे अनुसार गर्न नसकेका कामहरु नयाँ बर्षमा सम्पन्न गर्नका लागि सफलता मिल्ने उनले बताए ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले प्रकाशन गरेको नयाँ बर्षको क्यालेन्डर सिंहले बिमोचन गरे ।
सम्बन्धित

प्रतिक्रिया