प्रहरीले माग्यो दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
नेपालखोज
२०८१ चैत २८ गते १४:५९

काठमाडाैं । नेपाल प्रहरीले दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ ।
प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो । प्रसाईंलाई अहिले काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता-२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया