शुक्रबार, वैशाख १२, २०८२

नेपाल बैंक र भक्तपुर इन्टरनेस्नल हस्पिटलबिच सम्झौता

नेपालखोज २०८१ चैत २८ गते १७:५५

काठमाडौं । नेपाल बैंक र भक्तपुर इन्टरनेस्नल हस्पिटल बिच सम्झौता भएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धमा दुबै पक्षबिच बिहिबार सम्झौंता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्हरूमा बिल रकमको पाँच प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने ओपीडी, गाईनो, इसीजी, ईईजी, एक्सरे लगायतका सेवाहरु छुट प्राप्त हुने छ ।

प्रतिक्रिया