शनिबार, वैशाख १३, २०८२

अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा

नेपालखोज २०८१ चैत २८ गते १७:२१

काठमाडाैं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई तथाकथित सरकारी दक्षता विभागको नेतृत्व गर्ने जिम्मेवारी दिए ।

हेगसेथले अघिल्लो प्रशासनबाट कार्यक्रम जरैदेखि उखेलेर फाल्न डीओजीईको ‘व्यापक पहुँच’ हुने बताए ।

गत महिना उनले जलवायु परिवर्तन र विविधता, समानता र समावेशीकरण (डीईआई) क्षेत्रसँग सम्बन्धित अनुदानसहित पाँच करोड ८० लाख डलर अमेरिकी डलर खर्च अन्त्य गर्न आदेश दिएका थिए । हेगसेथले बिहीबार सार्वजनिक गरेको एक भिडियोमा विभागले ‘डीईआई, जलवायु, कोभिड-१९ प्रतिकार्य र सम्बन्धित गैर-आवश्यक गतिविधिका लागि ११ वटा सम्झौता’ अन्त्य गर्न लागेको बताए ।

कटौतीमा डिफेन्स हेल्थ एजेन्सीका लागि निजी फर्मबाट परामर्श सेवाको लागि सम्झौताका साथै सूचना प्रविधि क्षेत्रको क्लाउड सेवाको सम्झौता पनि समावेश छ ।

डीओडीले नर्थवेस्टर्न युनिभर्सिटी र कोर्नेल युनिभर्सिटीलाई पाँच अर्ब अमेरिकी डलरभन्दा बढीको अनुदान पनि रोकेको छ, जसलाई हेगसेथले यहूदी–विरोधी सहन गर्छन् र विभाजनकारी डीईआई कार्यक्रमलाई समर्थन गर्ने ‘शैक्षिक संस्था’ भनेर वर्णन गरे ।

पेन्टागनले सन् २०२५ का लागि ८५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरे ।

प्रतिक्रिया