नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा
नेपालखोज
२०८१ चैत २९ गते १५:२८

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा पुगेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।
आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अङ्क एकएक पाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया