यू–१९ विश्वकपकाे छनोट खेल आजदेखि, पहिलो खेलमा यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल आजदेखि सुरु हुँदै छ । खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन् ।
नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।
आजदेखि सुरु हुने खेलकाे हिजाे ट्रफी सार्वजनिक गरिएको थियाे । खेलको पूर्वसन्ध्यामा हिजाे काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो ।
ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया