पूर्वप्रहरी महानिरीक्षक राणाको निधन
नेपालखोज
२०८१ चैत ३० गते ८:४३

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ ।
आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । उनको गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।
राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षकमा कार्यरत छन् ।
सम्बन्धित

प्रतिक्रिया