सांसद एकनाथ ढकाल अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा नियुक्त

नेपालखोज २०८१ चैत ३० गते १७:५०

सियोल । संघिय संसद सदस्य एवम् पूवमन्त्री एकनाथ ढकाललाई संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगको लागि विश्वव्यापी मञ्च “अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा नियुक्त गरिएको छ ।

संसद ढकालको मनोनोयन नेपालको लागि एक महत्वपुर्ण कूटनीतिक कोशेढुङ्गा हुने बिश्वास गरिएको छ । आईएसीले यहि अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको सियोलमा आफ्नो उद्घाटन सभा आयोजना गर्यो, जसमा विश्वभरका लगभग ४० राष्ट्रका सभामुख तथा सांसदसहित १५० प्रतिनिधिको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनले पाकिस्तानका सिनेटका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सैयद युसुफ रजा गिलानीलाई आईएसीको संस्थापक अध्यक्षमा निर्वाचित गरिएको थियो । सांसद ढकालको यस उच्च स्तरिय नियुक्तिले नेपाललाई संसदीय कूटनीति मार्फत जलवायु परिवर्तन, शान्ति र दिगो विकास जस्ता प्रमुख चुनौतीलाई सम्बोधन गर्ने महत्वपुर्ण विश्वव्यापी आन्दोलनको केन्द्रमा राखेको छ । एमाले सांसद सुनिता बरालले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नुभयो र आफ्नो मन्तब्य पनि दिए ।

उद्घाटन सभामा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान की मुन, दक्षिण कोरियाका उप-सभामुख ली ह्याकयोङ र बुसान महानगरपालिकाका मेयर हेओङ–जुनलगायतको उपस्थिति थियो । यसका साथै, संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष महामहिम फिलेमोन याङ र अन्तर-संसदीय संघका महासचिव महामहिम मार्टिन चुङगोङले सभालाई भर्चुअल रूपमा सम्बोधन गरे ।

सघले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने लक्ष्य राखेको छ र अन्तर-सरकारी र अन्तर-संसदीय तथा वित्तीय संस्थासँग काम गर्ने योजना बनाएको छ । सियोल सम्मेलनले एउटा नयाँ प्लेटफर्मको सुरुवात गर्दछ जहाँ नेपालले विश्वव्यापी संवादलाई आकार दिन केन्द्रीय नेतृत्वको भूमिका खेल्नेछ ।

अन्तर-संसदीय सभामुख सम्मेलनको अध्यक्ष तथा पाकिस्तानका सिनेटको वर्तमान अध्यक्ष र पूर्व प्रधानमन्त्री समेत रहेका सैयद युसुफ रजा गिलानीले सांसद ढकाल महासचिबम मनोनोयन भएका सभामुखहरुको सम्मेलनको पूर्ण सत्रमा घोषणा गरेका थिए ।

प्रतिक्रिया