युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते
नेपालखोज
२०८१ चैत ३० गते १६:३९

किएभ । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।
रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो, सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्, उनले भने।
आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ । सात बालबालिकासहित ८३ जना घाइते भएका छन्, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, उद्धार कार्य जारी छ।
सम्बन्धित
प्रतिक्रिया