निगमद्वारा चैतसम्मको किस्ता भुक्तानी
नेपालखोज
२०८२ वैशाख १ गते १४:४५

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।
दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।
सम्बन्धित

प्रतिक्रिया