शुक्रबार, वैशाख १२, २०८२

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

नेपालखोज २०८२ वैशाख १ गते १५:०४

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् ।

जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो । कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारगार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताए । भवन पनि पुरानो छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ, उनले भने, पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ ।

जिल्ला कारागारको नयाँ भवन निमार्णका लागि एक पटक बजेटको व्यवस्थापन भएको र कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताए । बजेट एक करोड फिर्ता गयो, उनले भने, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउका लागि डिपिआर बनाएको आफूले जानकारी पाएको बताए । ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ, उनले भने, क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ ।

प्रतिक्रिया