शनिबार, वैशाख १३, २०८२

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : ओली

नेपालखोज २०८२ वैशाख ४ गते १४:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने भन्दै अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारे । संक्रमणकालीन न्यायसम्बन्धीत आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने उहाले बताए ।

उनले देशमा अनावश्यक हिंसा प्रारम्भ भएको र त्यसका कारण मुलुक अकारण अशान्तिको भूमिमा परिणत भएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यकतामा जोड दिए

प्रतिक्रिया