शनिबार, वैशाख १३, २०८२

पाकिस्तान र इरानबाट हजारौँ अफगानी शरणार्थी स्वदेश फिर्ता

नेपालखोज २०८२ वैशाख ४ गते १६:३३

काबुल । अफगानिस्तानको छिमेकी मुलुक इरान र पाकिस्तानबाट पाँच हजार ६७१ जनासहित एक हजार ७२ अफगान परिवार बुधबार स्वदेश फर्किएको अफगानिस्तानको समस्या समाधान सम्बन्धी उच्चायोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वी नान्गाहार प्रान्तको तोरखाम सीमापारी, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमापारी र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा नाका हुँदै शरणार्थीहरु स्वदेश फर्किएका हुन् । करिब ७० लाख अफगानी शरणार्थीमध्ये अधिकांश कागजातविहिन आप्रवासीहरू अहिले विदेशमा बसिरहेका छन् र अधिकांश अफगानिस्तानको छिमेकी देश पाकिस्तान र इरानमा बस्दै आएका छन् ।

अफगानिस्तानको अन्तरिम सरकारले पटक–पटक अफगानी शरणार्थीहरुलाई शरणार्थीको रुपमा विदेशमा बस्न बन्द गर्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न स्वदेश फर्कन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया