छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख ४ गते १७:३६

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा लु.प्र-०१-०००१ प ५६६८ नम्बरको मोटरसाइकल र लु.१४ प २२४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा लु.प्र.-०१–००१ प ५६६८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–३ कवासे बस्ने १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.१४ प २२४७ नम्बरको मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित सडकमा ना.४ च ८३९० नम्बरको भ्यान र ग.१६ प १५७० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका–३ आँबुखैरेनी बस्ने १९ वर्षीय रूपेश गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ याङसिला चोकस्थित सडकमा मे.१ च ५१९३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरो चालक पाँचथर फिदिम नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य चौकी तापेथोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया