शनिबार, वैशाख १३, २०८२

बाबुराम भट्टराई र माधव नेपालविरुद्धको रिट हेर्दाहेर्दैमा

नेपालखोज २०८२ वैशाख ४ गते १६:५९

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेय रहेको पूर्ण इजलासमा भएको बहसपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा भट्टराई र नेपाललाई पनि मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले २०७६ माघ २९ मा यो रिट दायर गरेका थिए ।

प्रतिक्रिया