शुक्रबार, वैशाख १२, २०८२

नेप्से २७ सय २२ तीन बिन्दुमा, सातामा ३२ अर्ब ८८ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख ५ गते १५:०२

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय २२.७३ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५८ दशमलव २२ बिन्दुमा कायम भएको छ ।

नेप्सेमा यो साता तीन सय २९ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ७८ हजार ६४० पटकको कारोबारमा सात करोड ५४ लाख १५ हजार ६३८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३२ अर्ब ८८ करोड ७१ लाख ३९ हजार ६५६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । गत साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो ।

जसअनुसार दुई लाख १४ हजार ९३१ पटकको कारोबारमा चार करोड २१ लाख १६ हजार आठ सय ८२ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब नौंं करोड ११ लाख ४३ हजार सात सय ५४ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । याे मध्ये पहिलो दिन घटेको नेप्से तेस्रो, चौंथो र पाँचौं दिन बढेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आइतबार नेप्से परिसुचक आठ दशमलव ६२ अंकले ओरालो लागेर २६ सय ६२ दशमलव शुन्य आठ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४० अंकले उकालो लागेर चार सय ४६ दशमलव ४४ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन भने नेप्से परिसुचक २७ दशमलव १४ अंकले उकालो लागेर २६ सय ८९ दशमलव २२ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव सात अंकले उकालो लागेर चार सय ५० दशमलव ५२ बिन्दुमा चढेको थियो ।

चाैंथो कारोबार दिन पनि नेप्से परिसुचक सात दशमलव एक अंकले उकालो लागेर २६ सय ९६ दशमलव २३ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले उकालो लागेर चार सय ५१ दशमलव ८२ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक २६ दशमलव ४९ अंकले उकालो लागेर २७ सय २२ दशमलव ७३ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३९ अंकले उकालो लागेर चार सय ५८ दशमलव २२ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन पावर पार्टनर लिमिटेड आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुर्नबीमा कम्पनी नैं अगाडि देखिएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया