शनिबार, वैशाख १३, २०८२

सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकार : प्रधानमन्त्री ओली

नेपालखोज २०८२ वैशाख ५ गते १६:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गरेका छन् । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको हो ।

प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताए ।

याे अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकासनिर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताए । नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उनले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताए ।

प्रतिक्रिया