आफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते
नेपालखोज
२०८२ वैशाख ५ गते २०:४०

काबुल । अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद विस्फोट हुँदा तीनजना बालबालिकाको ज्यान गएको छ र तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार यो बारुद पुराना युद्धको समयमा बाँकी रहेको थियो । घटनामा ९ देखि १४ वर्ष उमेरका बालबालिका परेका थिए । घाइते तीनै बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । बडाख्शान प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगारका अनुसार यो घटना स्थानीय समय अनुसार बिहान ११ बजे जेबाक जिल्लामा भएको हो ।
प्रवक्ताले थप विवरण नदिए पनि घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको बताएका छन् । अफगानिस्तान विगतका युद्धका कारण बारुदजन्य वस्तुहरू धेरै बाँकी रहेको देश हो । यस्ता विस्फोटका कारण हरेक महिना धेरै मानिस, विशेष गरी बालबालिका, ज्यान गुमाउने वा घाइते हुने गर्छन् ।
सम्बन्धित
प्रतिक्रिया