पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच युद्धविराम गराउने वाचा गर्नुभएको थियो । तीन महिना बितिसक्दा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा घोषित छोटो इस्टर युद्धविरामका बावजुद युद्ध अझै जारी छ र युद्धविरामको सम्भावना पहिलेभन्दा अनिश्चित छ ।
अमेरिकी राष्ट्रपति आफ्नो प्रशासन र रूसी अधिकारीहरू बीच बारम्बार वार्ता भए पनि मस्कोबाट कुनै पनि प्रमुख छुटहरू निकाल्न असफल हुनुभएको छ र सार्वजनिक रूपमा युक्रेनका युद्धकालीन नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भएको आरोप लगाउनुभएको छ । यसैबीच उहाँले पुटिनसँग न्यानो सम्बन्धको खोजी सुरु गर्नुभएको छ ।
यसले किएभलाई एक्ल्याएको छ भने वासिङ्टन र युरोपबीच फाटो ल्याएको छ । ह्वाइट हाउससँग घनिष्ठ सम्बन्धको सम्भावनामा रुसका धेरैजना खुसी छन् भने युक्रेनमा दीर्घकालीन शान्तिको विचार मलिन भएको छ ।“केही भइरहेको छैन ।
वास्तविक शब्दमा, मानिसहरूले हरेक दिन साइरन सुन्छन्, बमहरू देख्छन् र मानिसहरू मारिन्छन्, किएभ स्कुल अफ इकोनोमिक्सका प्रमुख टिमोफी माइलोभानोभले एएफपीलाई भने, पुटिनले मूलतः सबैलाई मूर्ख बनाइेका छन् । ट्रम्पको जनवरीमा पदवहाली भएयता अमेरिकी अधिकारीहरूले युद्धविराममा पुग्ने प्रयासमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूसँग धेरै चरणको वार्ता गरेका छन् ।
यसैबीच रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । पछिल्ला दुई हप्तामा मात्र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा दर्जनौँ मानिस मारिएका छन् । युक्रेनको सेनाले रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पनि आफ्नो पकड गुमाएको छ । कुर्स्क उनीहरूको एकमात्र उल्लेखनीय सौदाबाजीको चिप थियो ।
प्रतिक्रिया